Kathmandu Press

हङकङ विरुद्धको सिरिजका लागि टिम घोषणा

एकसाता बढीकाे बन्द प्रशिक्षणपछि सिरिजका लागि १४ सदस्यीय टिम घोषणा गरिएको हो।
हङकङ विरुद्धको सिरिजका लागि टिम घोषणा

काठमाडौं, चैत २३ : नेपाल क्रिकेट संघ (क्यान)ले हङकङमा हुने चार देशीय टि–२० सिरिजका लागि टिमको घोषणा गरेको छ। 

एकसाता बढीकाे बन्द प्रशिक्षणपछि सिरिजका लागि १४ सदस्यीय टिम घोषणा गरिएको हो। फास्ट बलर नन्दन यादवले पहिलो पटक टिममा मौका पाएका छन्।

यस्तै, टिममा अलराउन्ड बासिर अहमद र स्पिनर साहब आलमले पनि स्थान बनाएका छन्। उनीहरूले सन् २०२२ टिममा स्थान बनाएका हुन्। यी तीनै जनाले पिएम कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

टि–२० विश्वकप छनोटको तयारीका लागि यो सिरिजलाई हेरिएको छ। नेपाल, हङकङ, कुवेत र कतार सहभगाी हुने सिरिज अप्रिल ९ देखि १३ सम्म हुनेछ। 

नेपाली टिमको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल नियुक्त भएपनि यो सिरिजमा प्रशिक्षकको जिम्मेवारीमा ज्ञानेन्द्र मल्ल हुनेछन्। लको कागजी प्रक्रिया नमिलेका कारण हङकङ जान नपाएका हुन्। 

यो अवधिका उनले आईसिसी विश्वकप लिगको सिरिजका लागि बोलाइएको क्याम्प हेर्ने छन्। 

नेपाली टिम : रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ सेख, सोमपाल कामी, ललित राजवंशी, कुशल मल्ल, करण केसी, बासिर अहमद, साहब आलम, नन्दन यादव, रिजन ढकाल, गुलशन कुमार झा र लोकेश बम।

प्रकाशित मिति: १६:३४ बजे, शनिबार, चैत २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्