Kathmandu Press

आज देशभरका सामुदायिक विद्यालय ठप्प

काठमाडौं, फागुन २१ : राहतमा कार्यरत शिक्षकको आन्दोलनले आज देशभरका सामुदायिक विद्यालय ठप्प भएका छन् । सोमबार प्रहरीले गरेको हस्तक्षेपको विरोधमा उनीहरुल....

आज देशभरका सामुदायिक विद्यालय ठप्प
रिवाज राई

काठमाडौं, फागुन २१ : राहतमा कार्यरत शिक्षकको आन्दोलनले आज देशभरका सामुदायिक विद्यालय ठप्प भएका छन् । सोमबार प्रहरीले गरेको हस्तक्षेपको विरोधमा उनीहरुले आज विद्यालय बन्द गराएका हुन् ।

पटक–पटक आन्दोलन गर्दा पनि सरकारले सुनुवाइ नगरेकाले विद्यालय बन्द गर्नु परेको नेपाल राहत शिक्षक संघर्ष समितिका अध्यक्ष खेमराज अधिकारीले बताए । सरकारसँग जति पटक छलफल गरेपनि आश्वासन मात्रै दिने गरेको र माग पूरा नगरेकाले बाध्य भएर विद्यालय बन्द गर्नु परेको उनको भनाइ छ ।

सोमबार उनीहरूले काठमाडौंमा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीले धरपकड गरेको थियो । जसमा केही शिक्षक घाइते भएका छन् ।

अब आफ्ना माग सुनुवाइ नहुँदासम्म विद्यालय खुल्न नदिने रातह शिक्षकहरूको भनाइ छ । शान्तिपूर्ण रुपमा प्रदर्शन गर्दा अपराधिलाई जस्तो व्यवहार गरेकाले अध्यक्ष अधिकारीको आरोप छ ।

उनीहरूले आज दिउसो माइतीघर मण्डलमा प्रदर्शन गर्ने भएका छन् ।

 

प्रकाशित मिति: १२:४३ बजे, मंगलबार, फागुन २१, २०७५