Kathmandu Press

मानवअधिकार आयोग टोलीले भेट्यो सुवेदीलाई  

मानवअधिकार आयोग टोलीले भेट्यो सुवेदीलाई  

काठमाडौं, चैत २२ : राष्ट्रिय मानवअधिकार आयोगको टोलीले घरैमै नजरबन्दमा राखिएको भनिएका राजावादी समूहको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई भेटेको छ। 

आयोगका सदस्य मनोज दुवाडी सम्मिलित टोलीले सुवेदीलाई घरमा पुगेर भेटेको हो। सुवेदीलाई विना पूर्जी निजकै घरमा प्रहरी निगरानीमा राखिएको पाइएको आयागले विज्ञप्तिमा उल्लेख गरेको छ। 

Hardik ivf

यसैगरी प्रहरी हिरासतमा रहेका विभिन्न व्यक्तिको अवस्था र घटनामा परी घाइते भएकाहरुको उपचारको अवस्था बारे पनि टोलीले विभिन्न अस्पतालमा पुगी जानकारी लिएको जनाइएको छ। आयोगले छानविन÷अनुसन्धान कार्यलाई सहयोग पु¥याउन समेत सबैलाई आग्रह गरेको छ। 

यस्तै, काठमाडौँको तीनकुनेलगायतका क्षेत्रमा २०८१ चैत्र १५ गते भएको घटनाका सन्दर्भमा मानव अधिकारको अवस्था र यस आयोगको भूमिकाका सन्दर्भमा सामाजिक सञ्जाल र केही समाचार माध्यमहरुमा आएका टीकाटिप्पणीप्रति राष्ट्रिय मानवअधिकार आयोगले ध्यानाकर्षण समेत गरेको छ। 

घटना भएको दिन आयोगले विभिन्न टोलीहरु बनाई घटनाको अनुगमन गरिएको र तत्काल प्राप्त भएका जानकारीका आधारमा विज्ञप्तिमार्फत आफ्नो प्रारम्भिक धारणा समेत सार्वजनिक गरिसकेको प्रवक्ता एवम् सहसचिव डा.टीकाराम पोखरेलले विज्ञप्तिमा जनाएका छन्। 

घटनामा भएको क्षति र मानव अधिकारको उल्लंघनका विषयलाई लिएर आयोगमा थप उजुरी र ज्ञापनपत्रहरु समेत प्राप्त भएको बताइएको छ । घटनाको गाम्भीर्यता र उजुरीहरु समेतलाई मध्येनजगर गरी आयोगले घटना भएकै दिनदेखि अनुसन्धान टोली परिचालन गरी छानविन÷अनुसन्धान गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

छानविन एवम् अनुसन्धान जारी रहेको आयोगको भनाई छ । छानविन एवम् अनुसन्धानका क्रममा आयोगले आवश्यकताअनुसार विशेषज्ञहरुको समेत सहयोग लिने जनाएको छ। 
 

प्रकाशित मिति: १८:५८ बजे, शुक्रबार, चैत २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्