सुनको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ कारोबार?
अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँ घटेको हो।
काठमाडौं, चैत २२ : बिहीबार अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन शुक्रबार घटेको छ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ३ हजार ९ सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंंघका अनुसार शुक्रबारका लागि सुन प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन १ लाख ८० हजार ३ सय रुपैयाँ थियो।
यसैगरी आज चाँदीको भाउ तोलामा १२५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: १३:०९ बजे, शुक्रबार, चैत २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार