Kathmandu Press

नेपाली यू–१९ टिम अफगानिस्तानसँग पराजित 

आसन्न यू–१९ विश्वकपको छनोटका तयारीका लागि आयोजना गरिएको सिरिजको पहिलो खेलमा नेपाली यू–१९ क्रिकेट टिम अफगनिस्तानसँग १३० रनको फराकिलो अन्तरले पराजित भयो।
नेपाली यू–१९ टिम अफगानिस्तानसँग पराजित 

काठमाडाैं, चैत २१ : आजबाट सुरु भएको युथ एकदिवसीय सिरिजमा नेपाली युवा टिमले खराब सुरुआत गरेको छ। आसन्न यू–१९ विश्वकपको छनोटका तयारीका लागि आयोजना गरिएको सिरिजको पहिलो खेलमा नेपाली यू–१९ क्रिकेट टिम अफगनिस्तानसँग १३० रनको फराकिलो अन्तरले पराजित भयो।

मुलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गर्दै अफागानिस्तान लिएको ३०१ रनको विशाल लक्ष्य पछ्याएको नेपाली युवा टिम ४६.१ ओभरमा १७० रनमै अलआउट भयो। नेपालका लािग निरज यादवले अर्धशतक बनाए। उनले ६१ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

Hardik ivf

यस्तै, सन्तोष याद र आशिष धामीले समान २४ रन बनाउँदा अभिषेक तिवारीले १७ रनको योगदान दिए। 

नेपाललाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका महबुब खान, जाइतुल्लाह साहीन र वाहिदुल्लाह जद्रानले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले ९ विकेट गुमाउँदै ३ सय रन बनाएको थियो। उसका फैजल साइनोजादले ८८ बलमा ९ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ९७ रन बनाउँदा खालिद अहमदजाइले १०७ बलमा ६ चौका मद्दतमा ७६ रन बनाए। 

यी दुईले दास्रो विकेट लागि १५४ रनको उत्कृष्ट साझेदारी गरेका थिए। यी दुई बाहेक बर्कात इब्रहिमजाइले ३५, उजाइरुल्लाह निजाईले २२ र अजिजुल्लाह मिअ खिलले २१ रन बनाए।

बलिङमा नेपालका सन्तोष यादवले ३ विकेट लिँदा अभिषेक तिवारीले २ तथा दयानन्द मण्डल र विपिन शर्माले समान १ विकेट लिए।

 

प्रकाशित मिति: २०:४५ बजे, बिहीबार, चैत २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्