Kathmandu Press

भिरबाट लडेर एकको मृत्यु

बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।
भिरबाट लडेर एकको मृत्यु

बागलुङ, चैत २१ : बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको तमानखोला गाउँपालिका-१ हिलका ५० वर्षीय इन्द्र घर्तीमगरको भिरबाट लडेर मृत्यु भएको हो।

Hardik ivf

आज बारीमा घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते हुनुभएको घर्तीमगरको हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल अस्पतालमा पुर्‍याइएको थियो।

अस्पताल पुर्‍याएको केही समयमै घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

घर्ती भिरबाट एक सय मिटर तल खसेका थिए।

'घटनास्थलबाट उद्धार गरी त्यहाँको स्थानीय स्वास्थ्य चौकीमा ल्याएर उपचार गर्दा टाउकोमा ठूलो चोट लागेको थियो, बोल्न सक्नु हुँदैनथ्यो, तत्कालै हेलिकप्टरको व्यवस्थापन गरेर पोखरा पठाइएको थियो, अस्पताल पठाएको केही समयमै उहाँको निधन भयो।'

प्रकाशित मिति: २०:३० बजे, बिहीबार, चैत २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्