Kathmandu Press

कतार विश्वकपसम्म मार्टिनेज नै बेल्जियमका प्रशिक्षक 

काठमाडाैं, वैशाख २० : सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपसम्म बेल्जियम प्रशिक्षकको जिम्मेवारी रोबर्ट मार्टिनेजले नै सम्हालने भएका छन्। यही वर्....

कतार विश्वकपसम्म मार्टिनेज नै बेल्जियमका प्रशिक्षक 

काठमाडाैं, वैशाख २० : सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपसम्म बेल्जियम प्रशिक्षकको जिम्मेवारी रोबर्ट मार्टिनेजले नै सम्हालने भएका छन्। यही वर्ष सम्झौता सकिने लागेका मार्टिनेजसले बेल्जियममा सन् २०२२ सम्म रहने गरी सम्झौता नवीकरण गरेका हुन्।

सञ्चारमाध्यमहरू मार्टिनेज सन् २०२२ सम्म नै बेल्जियममा रहने समाचार प्रकाशित गरेपनि मार्टिनेज र बेल्जियम फुटबल संघबीच औचारिक सम्झौता भने भएको छैन। सन् २०१६ देखि बेल्जियन टिम मार्टिनेजले हेर्दै आएका छन्। 

Hardik ivf

मार्टिनेजको प्रशिक्षणमा बेज्लियमले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। उनकै प्रशिक्षणम बेज्लियमले रसिया विश्वकपमा सेमिफाइलनसम्मको यात्रा तय गरेको थियो। सोही लय बेल्जियमले युरोकप छनोटमा पनि कायम राखेको थियो। युरोकप छनोटमा शतप्रतिशत नतिजा निकालेको थियो। त्यसमा उसले विपक्षीको पोष्टमा ४० गोल गर्दा ३ गोल मात्र आएको थियो। 

युरोकपमा बेल्जियम डेनमार्क फिनल्यान्ड र रसियासँगै समूह बीमा छ। बेल्जियम युरोकपको सबैभन्दा बलियो दाबेदार हो। यसै वर्ष युरोपका १२ शहरमा आयोजना हुने भनिएको युरोकप कोरोना भाइरसको महामारीका कारण एक वर्षपछि सारिएको छ। 

४६ वर्षीय मार्टिनेजले बेल्जियम आउनुअघि स्वान्सी सिटी, विगान एथ्लेटिक र एभर्टनमा प्रशिक्षका रुपमा काम गरेका थिए।

प्रकाशित मिति: १९:५६ बजे, शनिबार, वैशाख २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्