Kathmandu Press

१२ सय रुपैयँँ बढेको सुनको मूल्यले बनायो नयाँ रेकर्ड 

बिहीबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८० हजार ३ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँ बढेको हो।
१२ सय रुपैयँँ बढेको सुनको मूल्यले बनायो नयाँ रेकर्ड 

काठमाडौं, चैत २१ : बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलाको एक लाख ८० हजार रुपैयाँभन्दा माथि पुगेको छ। 

बिहीबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८० हजार ३ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँ बढेको हो।

यो हालसम्मकै उच्च हो । सुनको यसअघिको उच्च मूल्य चैत १९ गते प्रतितोला एक लाख ७९ हजार ७ सय रुपैयाँ कायम थियो। बुधबार छापावाल सुनको मू एक लाख ७९ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो।

यसैगरी चाँदीको मूल्यमा भने गिरावट आएको छ। बुधबार प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 
 
प्रकाशित मिति: १२:४२ बजे, बिहीबार, चैत २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्