नेपाल स्काउटको विवाद समाधान, ५ बुँदे सहमतिपछि आन्दोलन स्थगित
सहमतिसँगै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले अनसनस्थलमै पुगेर ८ दिनदेखि अनसनमा रहेकोलाई जुस खुवाएर अनसन तोडेका छन्।-1743658489.jpeg)
काठमाडौं, चैत २१ : लामो समयदेखि नेपाल स्काउटमा देखिएको विवाद समाधान भएको छ। आन्दोलनरत पक्षसँग ५ बुँदे सहमहित भएसँगै नेपाल स्कोउटको विवाद समाधान भएको हो।
युवा तथा खेलकुद मन्त्रालयका सहसचिव सुवासचन्द्र शिवाकोटीको नेतृत्वमा गठनसरकारी वार्ता टोली र नेपाल स्काउट शुद्धिकरण अभियानको वार्ता टोलीबीच बुधबार राति ५ बुँदे सहमति भएको हो।
मन्त्रालयमा बुधबार अबेर भएको वार्तामा नेपाल स्काउट शुद्धिकरण अभियानले उठाएका माग सम्बोधन गर्ने सहमिति भएको छ।
यस्तै, मन्त्रालयले गत चैत १६ गते रमा भट्टराईको नेतृत्वमा गठन गरेको ५ सदस्यीय छानबिन समितिलाई ७ सदस्यीय बनाउने, छानबिन अवधिभर नेपाल स्काउटको कार्यालय संचालनका लागि कार्यकारी निर्देशकको रुपमा कामकाज गर्नका लागि नियमानुसार कार्यरत कर्मचारीलाई जिम्मेवारी दिने सहमति भएको छ। यो सहमतिसँगै नेपाल स्काउटको प्रधान कार्यालय लैनचौरमा जारी आन्दोलन पनि शुद्धीकरण अभियानले स्थगित गरेको छ।
सहमतिसँगै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले अनसनस्थलमै पुगेर ८ दिनदेखि अनसनमा रहेकोलाई जुस खुवाएर अनसन तोडेका छन्।
सो अवसरमा मन्त्री चौधरीले स्काउटको विकासका लागि नेपाल स्काउटका नाममा देशभर रहेको जग्गा लगायतका भौतिक सम्पतिको खोजबिन गरी व्यवसायिक प्रयोजनमा लगाई आय वृद्धि गर्न कार्यमा सबै सक्रिय हुन आह्वान गरे।
बुधबार भएको सहमतिसँगै आन्दोलनका क्रममा उठाइएका मागका बारेमा वार्ता टोलीले छानबिन गरी तोकिएको समयसीमा भित्रै प्रतिवेदन पेश गर्न मन्त्री चौधरीले निर्देशन दिएका छन्।