Kathmandu Press

एनएसएलमा ललितपुरले पोखरालाई हरायो

पहिलो खेलमा काठमाडौं रेजर्ससँग बराबरीमा रोकिएको लतिलपुरले बुधबार साँझ दशरथ रंगशालामा भएको खेलमा ललितपुरले पोखरा थन्डर्समाथि ३–२को जित निकाल्यो।
एनएसएलमा ललितपुरले पोखरालाई हरायो

काठमाडौं, चैत २० : जारी नेपाल प्रियिमर लिग (एनएसएल)मा डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसीले पहिलो जित निकलोको छ।

पहिलो खेलमा काठमाडौं रेजर्ससँग २–२ गोलको बराबरीमा रोकिएको लतिलपुरले बुधबार साँझ दशरथ रंगशालामा भएको खेलमा ललितपुरले पोखरा थन्डर्समाथि ३–२को जित निकाल्यो।

 ललितपुरको जितमा जोनाथन कान्टिलालनाको दुई गोल गरे भने इमोह इजिकेलले एक गोल गरे। यता, ललितपुरका समीर तामाङ र जोय आइडुले गोल गरेका थिए।

११औं मिनेटमा कान्टिलालनाले गोल गर्दै ललितपुरलाई सुरुआती अग्रता दिलाए। उनको कर्नर प्रहार पोखराका गोलकिपर प्रिसोको खुट्टामा डिफ्लेक्ट हुँदै गोल भएको थियो।

४२औं मिनेटमा समीरले गोल गरेपछि खेल १–१ को बराबरीमा आयो। नवयुग श्रेष्ठले हेडर ललितपुरका किपर जेफ्रे बाल्टुसले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा रिबाउन्डमा सीमरले गोल गरेका थिए। 

इन्जुरी समयमा इजिकेले गोल गर्दै पहिलो हाफमा ललितपुरलाई २–१को अग्रता दिलाए। उनले कान्टिलालनाको पासमा गोल गरेका थिए। ७५औं मिनेटमा कान्टिलालनाले नै गोल गरेपछि खेलमा लतिलपुरले ३–१को अग्रता लियो। 

इन्जुरी समयको नवौं मिनेटमा जोयले गोल गर्दै पोखरालाई ३–२ को स्थितिमा ल्याए। तर, त्यसपछि गोल नहुँदा ललितपुर विजयी भयो।

२ खेलमा ललितपुरका ४ अंक भएको छ भने पोखरा अंकबिहीन छ। ऊ अघिल्लो खेलमा चितवन एफसीसँग २–१ले पराजित भएको थियो।

प्रकाशित मिति: २१:२३ बजे, बुधबार, चैत २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्