Kathmandu Press

मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान

प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बर सहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको विमानद्वारा म्यानमार गएको नेपाली सेनाले जनाएको छ।
मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान

काठमाडौं, चैत २० : हालै गएको विनाशकारी भूकम्पबाट पीडित रहेको म्यानमारमा मेडिकल राहत सहित नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ।

विनाशकारी भूकम्पका कारण भएको व्यापक धनजनको क्षति पश्चात् नेपाल सरकारको निर्णयबमोजिम मेडिकल राहत सहित नेपाली सेनाको टोली आज त्यसतर्फ प्रस्थान गरेको हो।

प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बर सहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको विमानद्वारा म्यानमार गएको नेपाली सेनाले जनाएको छ।

58f8b7db-4115-4d3f-8834-a9832dacb66a-1743584699.jpeg
 
विभिन्न प्रकृतिका आवश्यक औषधि एवं ईक्युप्मेन्टहरु सहित उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरु संलग्न रहेका छन्। उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिई सेवा प्रदान गर्नेछ।  

प्रकाशित मिति: १४:५० बजे, बुधबार, चैत २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्