Kathmandu Press

एनएसएलमा धनगढीको सानदार जित

मंगलबार साँझ दशरथ रंगशालामा भएको आफ्नो पहिलो खेलमा धनगढीले बुलटबल लुम्बिनी एफसीमाथि ४–१को फराकिलो जित निकाल्यो।
एनएसएलमा धनगढीको सानदार जित

काठाडाैं, चैत १९ : तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा धनगढी एफसीले सानदार सुरुआत गरेको छ। मंगलबार साँझ दशरथ रंगशालामा भएको आफ्नो पहिलो खेलमा धनगढीले बुलटबल लुम्बिनी एफसीमाथि ४–१को फराकिलो जित निकाल्यो।

यसअघिका दुवै संस्करणमा फाएलन पुगेपनि उपाधिबाट बञ्चित भएको धनगढीलाई सानदार जित निकाल्न  अहमद हिजाजीले २ गोल गरे भने कृतिश रत्न छुन्जु र सर्जियो बार्बोसाले पनि गोल गरे। बुटबलका लागि केन्टा हाराले सान्त्वना गोल गरे।

Hardik ivf

छैटौं मिनेटमा हिजाजीको गोलमा धनगढीले सुरुआती अग्रता लियो । तर ३१औं मिनेटमा जापानी खेलाडी हाराको गोलमा बुटवलले खेललाई बरारबीमा ल्याएको थियो। 

खेलको पहिलो हाफा १–१को बराबरीमै सकियो। तर, दोस्रो हाफमा धनगढी पूर्णरुपमा हावी भयो। 

कृतिशले ७५औं मिनेटमा गोल गरेपछि खेलमा धनगढीले पुनः अग्रता लियो। त्यसपछि उसले इन्जुरी समयमा २ गोल गरेका थिए। छैठौं मिनेटमा हिजाजी र नवौं मिनेटमा बार्बोसाले गोल गरेका थिए। 

धनगढीले पहिलो खेलमै सानदार जित निकाल्दा बुटवलको भने २ खेलमा १ अंक मात्र छ। ऊ पहिलो खेलमा झापा एफसीसँग गोलरहित बराबरीमा रोकिएको थियो । 

प्रकाशित मिति: २०:४७ बजे, मंगलबार, चैत १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्