नेप्सेका नवनियुक्त सिइओले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने
सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो ।
काठमाडौं, चैत १९ : सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा झापाका चुडामणि चापागाईंलाई नियुक्त गरेको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो ।
राजस्व सचिव दिनेशकुमार घिमिरेले आज उहाँलाई नियुक्तिपत्र हस्तान्तरण गरेको हो।
नवनियुक्त सिइओ चापागाईंले बुधबार कार्यभार सम्हाल्ने कार्यक्रम रहेको नेप्सेले जनाएको छ।
प्रकाशित मिति: २०:०७ बजे, मंगलबार, चैत १९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










