Kathmandu Press

राजेश हमाल भन्छन्– कलाकारको उमेर होइन, अभिनय हेरिन्छ

नेपाली फिल्म क्षेत्रमा केही कलाकारले लामो समयसम्म आफूलाई अभिनयमा सक्रिय बनाएका छन् बताउँदै उनले त्यही मध्येको एक आफू भएको उल्लेख गरे।
राजेश हमाल भन्छन्– कलाकारको उमेर होइन, अभिनय हेरिन्छ

काठमाडौं, चैत १९ : अभिनेता राजेश हमालले कलाकारलाई उमेरले असर नगर्ने भएकाले उसले निर्वाह गर्ने पात्र र भूमिकाको विषयमा चर्चा हुनुपर्ने बताएका छन्। 

फिल्म ‘नरसिंहा अवतार’ पोस्टर सार्वजनिक कार्यक्रममा अभिनेता हमालले कलाकार पात्रमा उपयुक्त भएसम्म उमेरले असर नगर्ने बताए। कलाकारको उमेरको भन्दा उसको अभिनयको चर्चा गर्नुपर्ने बताए।

Hardik ivf

‘मेरो उमेर कति पुग्यो वा मसँग अभिनय गर्ने, जोडी बन्ने कलाकारसँग कति उमेर अन्तर छ भन्ने विषयमा चर्चा गर्नुभन्दा हामी त्यो पात्रमा कस्तो देखिएका छौं, भन्ने विषयको चर्चा हुनुपर्छ,’ अभिनेता हमालले भने, ‘पर्दामा कलाकारको उमेर नभई अभिनय हेरिन्छ र हामी कहाँ एउटा कलाकारले यति उमेरसम्म मात्र अभिनय गर्न पाउने भन्ने पनि छैन।’

नेपाली फिल्म क्षेत्रमा केही कलाकारले लामो समयसम्म आफूलाई अभिनयमा सक्रिय बनाएका छन् बताउँदै उनले त्यही मध्येको एक आफू भएको उल्लेख गरे।

फिल्म विषय र आफ्नो पात्र सुहाउँदो भूमिका रहेकाले ८ वर्षपछि अभिनय गरेको उनले स्पष्ट पारे। उनले नयाँ कलाकारले आफ्नो पात्रप्रति देखाएको गम्भीरताको पनि उनले तारिफ गरे।

दिवाकर भट्टराईले निर्देशन गरेको फिल्म ‘नरसिंहा अवतार’मा हमालको जोडीका रुपमा नीति शाह देखिएकी छिन्। कार्यक्रममा उनले फिल्ममले आफ्नो अभिनय यात्राले नयाँ उचाइ पाउने विश्वास व्यक्त गरिन्। 

फिल्म २०८२ जेठ ९ मा प्रदर्शनमा आउने छ। 

प्रकाशित मिति: १६:२४ बजे, मंगलबार, चैत १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्