Kathmandu Press

१६६ नेपाली बन्दीलाई यूएईले दियाे आम माफी

नेपाली दूतावासको अनुरोधमा यूएई सरकारले विभिन्न आरोपमा थुनामा रहेका १६६ नेपालीलाई आममाफी दिएको हो। 
१६६ नेपाली बन्दीलाई यूएईले दियाे आम माफी

काठमाडौं, चैत १९ : संयुक्त अरब इमिरेट्स (युएई) ले ईदको अवसरमा १६६ नेपाली बन्दीलाई आम माफीको घोषणा गरेको छ। 

अबुधाबीस्थित नेपाली दूतावासको अनुरोधमा यूएई सरकारले विभिन्न आरोपमा थुनामा रहेका १६६ नेपालीलाई आममाफी दिएको हो। 

Hardik ivf

यूएईले नेपालीलाई आममाफी दिएकोमा परराष्ट्र मन्त्रालयले त्यहाँ सरकारप्रति कृतज्ञता ज्ञापन गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै कृतज्ञता ज्ञापन गरेको हो। 

युएई सरकारको उक्त कदम हार्दिकतापूर्ण द्विपक्षीय सम्बन्धको नमूना भएको परराष्ट्रले जनाएको छ। 

यस्तै कतारले पनि कैद भुक्तान गरिरहेका १८ नेपालीलाई आममाफी दिएको छ । यसरी आममाफी पाउनेमा तोकिएको कैद सजाय पूरा गर्ने अन्तिम चरणमा रहेकाहरू छन्।

कतिपय भने जरिवाना तिर्न नसकेर तोकिएको कैद भुक्तान गरिसक्दा पनि जेलमै थिए।

प्रकाशित मिति: १५:१२ बजे, मंगलबार, चैत १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्