Kathmandu Press

रौतहटको दुई छुट्टाछुटै स्थानमा आगलागी, १० लाख बराबरको क्षति

गरुडा नगरपालिका-५  मा रहेको ठाकुर ग्रिल उद्योगमा सोमबार बेलुका करिब ९ बजे तिर आगलागी भएको हो। 
रौतहटको दुई छुट्टाछुटै स्थानमा आगलागी, १० लाख बराबरको क्षति

रौतहट, चैत १९ : रौतहटको दुई छुट्टाछुटै स्थानमा भएको आगोलागीमा भएको छ। आगलागीबाट १० लाख ३८ हजार बराबरको क्षति भएको बताएको छ।

गरुडा नगरपालिका-५  मा रहेको ठाकुर ग्रिल उद्योगमा सोमबार बेलुका करिब ९ बजे तिर आगलागी भएको हो। 

आगलागीको घटनाका बारेमा जानकारी पाउनका साथ ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक ओम प्रकाश यादवको नेतृत्वको टोलि खटिएको थियोे ।सुरक्षाकर्मी , स्थानियबासी र  वरुण यन्त्र (दमकल ) सहयोगमा आगो करिब एक घण्टा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यलय रौतहटका प्रवक्ता एवं डिएसपी दिपक कुमार रायले बताए। 

उनका अनुसार विद्युत तार सर्ट भएर आगोलागी भएको अनुमान गरिएको छ। 

यस्तै इशनाथ नगरपालिका ६ जयनगर बस्ने शेख वसिर अख्तरको पक्की घरको एक कोठामा आगोलागी भएको छ। 
 

प्रकाशित मिति: १५:०७ बजे, मंगलबार, चैत १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्