Kathmandu Press

बुन्डेस लिगा क्लब कोल्नका खेलाडीमा देखियो कोरोना संक्रमण, लिग थप अन्योलमा

काठमाडाैं, वैशाख २० :  कोरोना भाइरसको त्रासबीच प्रशिक्षणमा सुरु गरेको जर्मन बुन्डेस लिगा क्लब कोल्नका तीन जना खेलाडीमा कोरोनाको संक्रमण देखि....

बुन्डेस लिगा क्लब कोल्नका खेलाडीमा देखियो कोरोना संक्रमण, लिग थप अन्योलमा

काठमाडाैं, वैशाख २० :  कोरोना भाइरसको त्रासबीच प्रशिक्षणमा सुरु गरेको जर्मन बुन्डेस लिगा क्लब कोल्नका तीन जना खेलाडीमा कोरोनाको संक्रमण देखिएको छ। कोरानाको महामारीबीच दुई साता अघिदेखि प्रशिक्षण सुरु गरेको थियो। 

क्लबले गत बिहिबार प्रशिक्षक, अफिसियल तथा स्टाफसहित सबैको कोरोनाको परीक्षण गरेको थियो। साेही परीक्षाण पश्चात तीन जना खेलाडीमा काेराेना संसंक्रमण पाइएकाे हाे । क्लबले गोपनियतालाई ध्यानमा राखेर खेलाडीकाे नाम भने सार्वजिनक गरेकाे छैन। खेलाडीमा काेराेना देखिएपिन काेल्नले प्रशिक्षण भने रोकेको छैन।

Hardik ivf

तीन जना खेलाडीमा कोरोन भाइरसको संक्रमण देखिएसँगै बुन्डेस लिगा भने अनिश्चित बनेको छ। कोरोनाका कारण अनिश्चितकालका लागि स्थागित बुन्डेस लिगा मे १६ बाट सुरु गर्ने तयारी जर्मन फुटबल संघले गरेको थियाे । तर, यो घटनाले भने बुन्डेस लिगा सुरु हुनेमा थप अन्योल पैदा गरेको छ। 

सुरुमा बुन्डेस लिगामा मे ९ बाटै सुरु गर्ने संघले तयारी गरेको थियो। तर, सरकारले निर्णय गर्न ढिला गरेपछि बुन्डेस लिगा १६ मेसम्म सारिएको छ। 

कोरोनाकै कारण फ्रेन्च लिग वान, डच लिग, बेल्जियमका लिग रद्द भइसकेका छन् भने सिरि ए, ला लिगा र प्रिमियर लिगमा पुनः सुरु हुने नहुने निश्चित छैन।

प्रकाशित मिति: १४:३१ बजे, शनिबार, वैशाख २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्