Kathmandu Press

पूर्वराजदूत एवं वरिष्ठ पत्रकार कोइरालाको निधन

उनको सिनामंगलस्थित केएमसी अस्पतालमा भर्नामा उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो।
पूर्वराजदूत एवं वरिष्ठ पत्रकार कोइरालाको निधन

काठमाडौं, चैत १८ : वरिष्ठ पत्रकार एवं पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ । उनको सिनामंगलस्थित केएमसी अस्पतालमा भर्नामा उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो।

केही दिनअघि घरमै लडेका कोइरालालाई उपचारका लागि केएमसी भर्ना गरिएको थियो । पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमलले दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर काम गरेका थिए।

Hardik ivf

कोइराला परिवारका एक मात्र कम्युनिस्ट र वामपन्थी विचारधारामा विश्वास राख्ने उनले विभिन्न पत्रपत्रिकामा स्तम्भकारका रुपमा काम गरेका थिए।

पूर्वसांसदसमेत रहेका दिवंगत कोइरालाको सोमबार बिहान ११ बजे नेकपा एकीकृत समाजवादीको कार्यालयमा श्रद्धाञ्जली दिई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।
 

प्रकाशित मिति: १३:१६ बजे, सोमबार, चैत १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्