Kathmandu Press

घरमै पुगेर वृद्ध भत्ता बाड्दै जनप्रतिनिधि

डोटी, वैशाख २० : कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा दिपायल सिलगढी नगरपालिकाले घर घरमा पुगी सामाजिक सुरक्षा भत्ता प्रदान गर्न शुरुआत गरे....

घरमै पुगेर वृद्ध भत्ता बाड्दै जनप्रतिनिधि
फाइल

डोटी, वैशाख २० : कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा दिपायल सिलगढी नगरपालिकाले घर घरमा पुगी सामाजिक सुरक्षा भत्ता प्रदान गर्न शुरुआत गरेको छ।  

सबै वडामार्फत् नगरवासीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको  नगर प्रमुख मञ्जु मलासीले जानकारी दिए। उनले भने,“कोरोनाका कारण भत्ता वितरणमा समस्या भएको थियो, हामीले कोरोनाबाट बच्ने विधि अपनाएर भत्ता दिन शुरु गरेका छौँ।” 

लकडाउनका कारण घरखर्च चलाउन समेत आइपरेको समस्यालाई अन्त्य गर्न घर घरमै पुगेर भत्ता वितरण शुरु गरिएको नगरपालिकाले जनाएको छ। 

भत्ता पाएपछि सेवाग्राही खुशी छन्। नगरपालिकाले वडा नं ७ को रातुली र पाकरीबाट भत्ता दिन शुरु गरेको छ। नगरभरिमा कम्तीमा पनि एक हजारभन्दा बढी नागरिक सो भत्ता पाउँदै आएको नगरपालिकाका निमित्त कार्यकारी अधिकृत खेमराज गुरुङले जानकारी दिए। 

प्रकाशित मिति: १३:०२ बजे, शनिबार, वैशाख २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्