घट्टेकुलो नमुनानगर टोलको रक्तदान कार्यक्रम

काठमाडौं, चैत १७ : काठमाडौ महानगरपालिका वडा नं.–२९ घट्टेकुलोमा रहेको नमुनानगर टोलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
नमुनानगर टोल सुधार समितिले त्रिवि लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्रसँगको सहकार्यमा आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा करिब १ सय युनिट रगत संकलन भएको समितिका उपाध्यक्ष कबिन्द्र दाहालले जानकारी दिए।
रगत अभावको कारण काठमाडौंका विभिन्न अस्पतालमा विरामीहरुले ज्यान गुमाउनुपरेको अवस्थामा केही भएपनि सहायता पु¥याउन सकियोस् भनेर संस्थाले हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको दाहालले बताए।

कार्यक्रममा वडा प्रतिनिधी, विभिन्न संघसंस्थाका प्रतिनिधीहरु तथा स्थानियवासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । नमुनानगर टोल सुधार समितिले रक्तदान कार्यक्रमका अलवा विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको छ।
प्रकाशित मिति: २२:२५ बजे, आइतबार, चैत १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












