Kathmandu Press

त्यो बेला ज्ञानेन्द्रले एक वर्षमा विदेश भ्रमणमा मात्रै गरेका थिए पौने दुई अर्ब खर्च

त्यो बेला ज्ञानेन्द्रले एक वर्षमा विदेश भ्रमणमा मात्रै गरेका थिए पौने दुई अर्ब खर्च

काठमाडौं, चैत १७ : पूर्वराजा ज्ञानेन्द्र शाहले सन् २००४ मा शासन सत्ता आफ्नो हातमा लिएका बेला एक वर्षमा विदेश भ्रमणमा मात्रै १ अर्ब ७२ करोड खर्च गरेका थिए ।

२०६२–०६३ को जनआन्दोलन सफल भएपछि पुर्नस्थापित संसदले पूर्वराजा ज्ञानेन्द्रले गरेको फजुल खर्च सहितको स्वेयत पत्र संसदमा दर्ता समेत गरेको थियो। 

Hardik ivf

१७ पेज उक्त दस्तावेजमा ज्ञानेन्द्र शाहको १५ महिना लामो प्रत्येक्ष शासनका बेला विदेश भ्रमणमा मात्रै १ अर्ब ७२ करोड खर्च भएको उल्लेख छ। उक्त दस्तावेज संसद सचिवालयमा अहिले पनि सुरक्षित छ । त्यसका साथै महङगो सपिङ, पार्टी लगायतका कार्यक्रममा पनि करोडै जनताको करको रकम खर्च भएको उक्त दस्तावेजमा उल्लेख छ।

भारतीय अखबार इन्डिया टुडेले त्यतिबेला ज्ञानेन्द्रको १५ महिलो प्रत्येक्ष शासन नेपालको इतिहासमै सबैभन्दा भ्रष्ट शासन भएको भनेर लेखेको थियो । इन्डिया टुडेको उक्त रिपोर्टं अनुसार त्यतिबेला ज्ञानेन्द्रका नातागोताका लागि मात्रै ६३ करोड रुपैया खर्च भएको थियो । ‘विभिन्न शिर्षकमा रहेको बजेटलाई रकमान्तर गरेर ज्ञानेन्द्रका नातागोताका लागि मात्रै ६३ करोड रुपैया विनियोजन गरिएको थियो’, उक्त पत्रिकाले लेखेको थियो।

त्यतिबेलै विलाशि कार खरिदका लागि राज्य कोषबाट २३ करोड रुपैया झिकिएको थियो। यस्ता अनेक फजुल खर्चको लामो लिष्ट नै संसदको रेकर्डमा रहेको उक्त १७ पेजको दस्तावेजमा उल्लेख छ।  

प्रकाशित मिति: १३:५१ बजे, आइतबार, चैत १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्