काग्रेसले भन्यो- तीनकुने घटनाको सबै जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्छ
बैठकले शुक्रबार तीनकुनेमा राजावादीहरुको प्रदर्शनका क्रममा भएको सम्पूर्ण घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
काठमाडौं, चैत १६ : सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक शनिबार साँझ सभापति शेरबहादुर देउवाको निवस बुढानिलकण्ठमा बसेको छ।
बैठकले शुक्रबार तीनकुनेमा राजावादीहरुको प्रदर्शनका क्रममा भएको सम्पूर्ण घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
‘यसको सम्पूर्ण पूर्वराजा, जसको आयोजनामा यो समिति गठन भयो र यसले यो आयोजना गर्यो। उनीहरू जसरी प्रस्तुत हुन्छौं भनेका थिए त्यसको विपरित अराजकतामा प्रस्तुत हुने र सबै कब्जा गरेर जाने लक्ष्य देखियो । त्यसको जिम्मेवारी उहाँ (पूर्वराजा)ले लिनुपर्छ,’ बैठकको निर्णय सुनाउँदै महतले भने।
पूर्वराजा शाहकै निर्देशन र उक्साहट शुक्रबारको घटना घटेको निष्कर्ष बैठकले निकालेको उनले बताए। बैठकमा गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकले घटनाको विवरण प्रस्तुत गरेको उनले बताए।
एउटा निरंकुश शासनतर्फ लाने मनसायका साथ यो घटना कांग्रेसको निष्कर्ष छ।