Kathmandu Press

सन्तान सुखबाट बञ्चित दम्पतीलाई लक्षित गर्दै हार्दिक आईभिएफमा निःशुल्क आईयुआई सेवा

नयाँ वर्षको अवसरमा सञ्चालनमा ल्याइएको यो सेवा चैत १० गतेबाट सुरु भएको छ। आर्थिक अभावका कारण सन्तान सुखबाट बञ्चित दम्पतीलाई लक्षित गरी ल्याइएको यो सेवा वैशाख ३१ गतेसम्म सञ्चालन हुनेछ।
सन्तान सुखबाट बञ्चित दम्पतीलाई लक्षित गर्दै हार्दिक आईभिएफमा निःशुल्क आईयुआई सेवा

काठमाडौं, चैत १६ : सिनामंगलमा रहेको हार्दिक आईभिएफ सेन्टरले सन्तान सुखबाट बञ्चित दम्पतीलाई लक्षित गरी निःशुल्क इन्ट्रायुटेरिन इन्सेमिनेसन (आईयुआई) सेवा सुरु गरेको छ। 

नयाँ वर्षको अवसरमा सञ्चालनमा ल्याइएको यो सेवा चैत १० गतेबाट सुरु भएको छ। आर्थिक अभावका कारण सन्तान सुखबाट बञ्चित दम्पतीलाई लक्षित गरी ल्याइएको यो सेवा वैशाख ३१ गतेसम्म सञ्चालन हुनेछ।

Hardik ivf

नेपालमा आईयुआई उपचारको औसत खर्च १५ देखि २० हजारसम्म लाग्छ। तर, हार्दिक आईभिएफले निःशुल्क यो सेवा प्रदान गर्ने छ। 

आईयुआई सेवा बाँझोपनको उपचारका लागि प्रभावकारी प्रद्धति हो। यो पद्धतिमा विशेष विधिबाट तयार पारिएका शुक्रकिटलाई महिलाको पाठेघरभित्र राखिने भएकाले गर्भधारणको सम्भावना धेरै रहने बताइन्छ।

पुरुषमा शुक्रकिटको संख्यामा कमी भएमा वा कमजोरी भएमा, अस्पष्ट बाँझोपनको समस्या भएमा र महिलाको प्रजनन समस्या भएमा आईयुआई उपचार पद्धति प्रभावकारी मानिन्छ। आईयुआई उपचार गर्दा गर्भधारणको सफलता दर २० देखि २५ प्रतिशतसम्म बताइएको छ। 

शिविरमा हार्दिक आईभीएफका अनुभवी डाक्टरहरूले निःशुल्क परामर्श र प्रारम्भिक स्वास्थ्य परीक्षण गरी आईयुआई उपचार प्रदान गर्नेछन्। यो सेवा 
सिनामंगलस्थित हार्दिक आईभिएफ सेन्टर क्रिस्टल कम्प्लेक्समा सञ्चालन हुनेछ। 

यो सेवा लिन चाहनेहरूले ०१५९१७९८२ वा ९८०२३५२८११ र ९७०९१३९१८० मा फोन गरी नाम दर्ता गर्न सकिने हार्दिक आईभिएफले जनाएको छ। अग्रिम नाम दर्ता गराउनेले मात्र यो सेवा निःशुल्क पाउने छन्। 

प्रकाशित मिति: १९:४८ बजे, शनिबार, चैत १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्