Kathmandu Press

‘समाजवादी मोर्चाले आमसभा नगरेको भए तीनकुनेमा झनै ठूलो दुर्घटना हुन्थ्यो’

‘यदी समाजवादी मोर्चाले पचासौं हजारौं जनता हिजो सडकमा नउतारेको भए हिजो सालिनता, संयमता, अनुशासन र सभ्यताको प्रतिकका रुपमा आफूलाई प्रस्तुत नगरेको भए धेरै ठूला दुर्घटना हुने खतरा थियो,’ उनले भने, ‘हामीले हिजो कार्यक्रम राखेकै कारणले धेरै धनजनको क्षति हुनबाट बच्यो।’
‘समाजवादी मोर्चाले आमसभा नगरेको भए तीनकुनेमा झनै ठूलो दुर्घटना हुन्थ्यो’

काठमाडौं, चैत १६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चाले शुक्रबार पचासौं हजार जनता सडकमा उतारेर ठूलो खतरा टारेको दाबी गरेका छन्।

शनिबार प्रेस सेन्टर नेपालको पाँचौं राष्ट्रिय महाधिवेशनमा बोल्दै प्रचण्डले समाजवादी मोर्चाले हिजो कार्यक्रम राखेकै कारण धेरै धनजनको क्षति हुनबाट बचेको बताएका हुन्।

Hardik ivf

‘यदी समाजवादी मोर्चाले पचासौं हजारौं जनता हिजो सडकमा नउतारेको भए हिजो सालिनता, संयमता, अनुशासन र सभ्यताको प्रतिकका रुपमा आफूलाई प्रस्तुत नगरेको भए धेरै ठूला दुर्घटना हुने खतरा थियो,’ उनले भने, ‘हामीले हिजो कार्यक्रम राखेकै कारणले धेरै धनजनको क्षति हुनबाट बच्यो।’

अध्यक्ष दाहालले गणतन्त्रवादीहरुलाई आत्मसमिक्षा गर्दै समाजवादी मोर्चाको तर्फबाट हामीले आफ्नो आलोचना गर्दै अहिले सरकारमा रहेका अरु गणतन्त्रवादीहरु जो छन् उनीहरु पनि सच्चिनुपर्यो भन्ने अपिल गर्दै गर्दा त्यसै समयमा निरंकुश राजावादी तत्वहरुले तिनकुनेमा एउटा निकै विभेदशुन्य अपराधिक घटनाहरू घटाउँदै गरेको बताए। 

उनले शुक्रबार नेपालको इतिहासमा क्रान्ति र प्रतिक्रान्ति, अग्रगमन र पक्षगमन फेरी एकचोटी नयाँ सन्दर्भसहित आपसमा टुक्रिइरहेको बताए।


 

प्रकाशित मिति: १७:१८ बजे, शनिबार, चैत १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्