Kathmandu Press

पत्रकार रजकको योजनाबद्ध हत्या भएको पत्रकार महासंघको ठहर, महासंघ सशक्त विरोधमा उत्रने 

नेपाल पत्रकार महासंघको शनिबार बसेको उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकले पत्रकारको योजनाबद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा थप आन्दोलनका कार्यक्रम तय गरेको छ।’
पत्रकार रजकको योजनाबद्ध हत्या भएको पत्रकार महासंघको ठहर, महासंघ सशक्त विरोधमा उत्रने 

काठमाडौं, चैत १६ : नेपाल पत्रकार महासंघको आकस्मिक बैठकले राजावादीको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको योजनाबद्ध ढंगले हत्या भएको ठहर गरेको छ।

शनिबार बसेको महासंघको उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकले उक्त ठहर गरेको हो। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघको शनिबार बसेको उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकले पत्रकारको योजनाबद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा थप आन्दोलनका कार्यक्रम तय गरेको छ।’

Hardik ivf

महासंघको विज्ञप्तिमा जनाइए अनुसार क्षति पुर्‍याइएका सञ्चारगृहको अनुगमन र घाइते सञ्चारकर्मी र सञ्चार सामग्रीको विवरण संकलन गर्ने, आइतबार कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्न सबै सञ्चारकर्मीलाई आह्वान गर्ने, सोमबार केन्द्रीय समिति, प्रदेश समिति र शाखामार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने र मंगलबार सरोकारवाला संगठनहरूसँग छलफल गर्ने निर्णय गरिएको छ।

महासंघले मारिएका पत्रकार सुरेश रजक सम्बद्ध सञ्चारगृह, उनको परिवारसँग छलफल गरी प्रतिवेदन तयार पार्न उपाध्यक्ष उमिदप्रसाद बागचन्दको नेतृत्वमा सचिवहरू रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी र वैकुण्ठराज पराजुली संलग्न रहेको समिति गठन गरेको छ । यस्तै, आन्दोलनका थप कार्यक्रम अवस्थाको विश्लेषणपछि तय गरिने विज्ञप्तिमा जनाइएको छ । 


 

प्रकाशित मिति: १६:१४ बजे, शनिबार, चैत १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्