Kathmandu Press

दिवंगत पत्रकार सुरेशलाई सहिद घोषणा गरी दोषीलाई कारबाही गर्न परिवारको माग 

एभिन्युज टीभीको कार्यालय पुगेका गृहमन्त्री लेखकसमक्ष पीडित परिवारले उक्त माग राखेका हुन्। 
दिवंगत पत्रकार सुरेशलाई सहिद घोषणा गरी दोषीलाई कारबाही गर्न परिवारको माग 

काठमाडौं, चैत १६ : पूर्वराजा ज्ञानेन्द्र शाहलाई फर्काउन भएको आन्दोलनको हिंसामा परी निधन भएका पत्रकार सुरेश रजकका परिवारले गृहमन्त्री रमेश लेखकसमक्ष तीनवटा माग अघि सारेका छन्।

एभिन्युज टीभीको कार्यालय पुगेका गृहमन्त्री लेखकसमक्ष पीडित परिवारले उक्त माग राखेका हुन्। 

परिवारले पत्रकार रजकलाई सहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने र छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन्। 

मागका विषयमा गृहमन्त्रीले तीन दिनभित्र सरकारले निर्णय गर्ने आश्वासन दिएका छन्।
 
प्रकाशित मिति: १५:२७ बजे, शनिबार, चैत १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्