Kathmandu Press

पुलिसले जित्यो पिएम कप उपाधि

शनिबार सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेटम मैदानमा भएको फाइलनमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको हो।
पुलिसले जित्यो पिएम कप उपाधि

रूपन्देही, चैत १६ : लुम्बिनी प्रदेशमा भएको प्रधानमन्त्री कप एदवसीय क्रिकेट प्रतियोतिगाको उपाधि विभागीय टिम नेपाल पुलिस क्लबले जितेको छ। शनिबार सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेटम मैदानमा भएको फाइलनमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको हो।

पुलिसले लगातार दोस्रो पटक पिएम कप उपाधि जितेको हो। अघिल्लो संस्करणमा पनि पुलिसले आर्मीलाई हराएको थियो। समग्रमा उसको यो चौथो पिएमकप उपाधि हो।

Hardik ivf

आर्मीले दिएकोा १५५ रनको मध्यम लक्ष्य पुलिसले २५.२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। उसका लागि कुशल भुर्तेलले अर्धशतक बनाए। उनले ७० बलमा ७ चौका र ३ छक्का मद्दतमा ६१ रन बनाए। यस्तै, अमित श्रेष्ठले ३९ र दिलिन नाथले ३१ रन बनाए। 

बलिङमा आर्मीका साहब आलमले ३ विकेट लिए भने नरेन साउदले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङका लागि आएको आर्मी क्लब ४३ ओभरमा १५४ रनमै अलआउट भएको थियो। टप अर्टर कोल्याप्स भएपछि आर्मीले पुलिसलाई मध्यम लक्ष्य दियो। उसको माथिल्लो क्रमका ५ ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनान सकेनन्।

तर, लोअर अर्डरमा आएर बासिर अहमदले भने उत्कृष्ट इनिङ खेले । उनले १०४ बलमा ९ चौका र १ छक्का मद्दतमा नटआउट ८६ रन बनाए। यस्तै, कप्तान विनोद भण्डारीले २९ र विवेक यादवले ११ रन बनाए।

२५–५को दयनीय अवस्थाबाट बासिर र विनोदले छैठौं विकेटका लागि ७७ रनको उत्कृष्ट साझेदारी गरेका थिए।

आर्मीको इनिङ धरासायी बनाउने क्रममा पुलिसका करण केसी र सागर ढकालले समान ३ विकेट लिउ भने कप्तान दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए।

प्रकाशित मिति: १४:५० बजे, शनिबार, चैत १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्