Kathmandu Press

पूर्वराजालाई लक्षित गर्दै देउवाको प्रश्न– अहिले त यस्तो अराजकता मच्चाउँछन्, राजा बनेपछि के गर्लान्?

पूर्वराजा शाह अब कुनै हालतमा संवैधानिक राजा बन्न नसक्ने ठोकुवा पनि देउवाले गरे। ज्ञानेन्द्र शाहको संवैधानिक राजा बन्ने नेचर नै नभएको भनाई देउवाको थियो। 
पूर्वराजालाई लक्षित गर्दै देउवाको प्रश्न– अहिले त यस्तो अराजकता मच्चाउँछन्, राजा बनेपछि के गर्लान्?

काठमाडौं, चैत १६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिंगो मुलुक एकढिक्का रहेकाले कसैले चाहेर गणतन्त्र हट्न नसक्ने बताएका छन्।

शनिबार लुम्विनीमा नेपाल लेखक संघको आठौं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधनकाक्रममा देउवाले यस्तो भनाई राखेका हुन्। 

शुक्रबार काठमाडौंमा भएको हिंसात्मक घटनाक्रम, तोडफोड, लुटपाट र आगजनीको सन्दर्भतर्फ लक्षित गर्दै सभापति देउवाले यस्तो दाबी गरेका हुन्। 

पूर्वराजा शाह अब कुनै हालतमा संवैधानिक राजा बन्न नसक्ने ठोकुवा पनि देउवाले गरे। ज्ञानेन्द्र शाहको संवैधानिक राजा बन्ने नेचर नै नभएको भनाई देउवाको थियो। 

उनले काठमाडौंमा पूर्वराजाको नाममा हुलहुज्जत र अराजक तरिकाले धेरै घटना भएको पनि बताए। 

देउवाले ज्ञानेन्द्र शाह कहिल्यै पनि संवैधानिक राजा नबनेको र भोली बन्न कदापी बन्न नसक्ने बताए। ज्ञानेन्द्रले चाहेर गणतन्त्र हट्नेवाला नभएको उनको भनाई थियो । 

प्रकाशित मिति: १४:२४ बजे, शनिबार, चैत १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्