Kathmandu Press

शुक्रबारको प्रदर्शन ज्ञानेन्द्र शाहकै योजनामा हो, कडा कारवाही होस् : सापकोटा

माओवादी प्रवक्ता अग्निप्रसापकोटाले शुक्रबारको प्रदर्शन ज्ञानेन्द्र शाहको योजनामा भएको भन्दै प्रदर्शनका आयोजकलाई सम्पूर्ण घटनाप्रति जवाफदेही बनाउन र अझ गम्भीर अनुसन्धान गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन्। 
शुक्रबारको प्रदर्शन ज्ञानेन्द्र शाहकै योजनामा हो, कडा कारवाही होस् : सापकोटा

काठमाडौं, चैत १६ : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले शुक्रबारको प्रदर्शन ज्ञानेन्द्र शाहको योजनामा भएको भन्दै प्रदर्शनका आयोजकलाई सम्पूर्ण घटनाप्रति जवाफदेही बनाउन र अझ गम्भीर अनुसन्धान गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन्। 

उनले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै शुक्रबार गरेको प्रदर्शन विध्वंशको पराकाष्ट भएको बताएका हुन्। 

‘ज्ञानेन्द्र शाहको योजनामा उनका मतियारहरूले शुक्रबार गरेको प्रदर्शन विध्वंशको पराकाष्ट थियो । हिंसात्मक प्रदर्शनमा पत्रकार सुरेश रजक तथा सविन महर्जनको मृत्यु भएको छ।  साथै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पार्टी कार्यालय एवं निजी तथा सार्वजनिक सम्पत्तिको तोडफोड गर्ने, सञ्चार गृह र औषधि कारखानामा आगो लगाउने, डिपार्टमेन्ट स्टोर भित्र पसेर सामानहरु लुट्ने जस्ता डकैतीजन्य, अमानवीय र अराजक कार्यको घोर भ्रत्सना एवं निन्दा गर्दछु,’ उनले लेखेका छन्। 

उनले शुक्रबारको समाजवादी मोर्चाको बृहत् जनप्रदर्शन र जनसभाले तत्कालिक रुपमा सरकारप्रति खबरदारी र ज्ञानेन्द्र शाहको योजनाबद्ध उक्साहटमा उदण्ड जत्थालाई एकैसाथ मुखतोड जवाफ दिएको बताए। 

उनले जनताको गणतन्त्र स्थापनाका लागि एउटा ऐतिहासिक कोसेढुङ्गाको काम गरेको पनि बताए। प्रवक्ता सापकोटाले जनसभामा सहभागिता भएकाहरुलाई धन्यवाद समेत दिएका छन्। 

प्रकाशित मिति: १३:३० बजे, शनिबार, चैत १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्