Kathmandu Press

नवराज सुवेदीको घरमा प्रहरी तैनाथ, भेटघाटमा रोक  

सुवेदीको स्वास्थ्य अवस्थाका कारण पक्राउ नगरिए पनि कोहीसँग पनि भेटघाट गर्न भने दिइएको छैन। 
नवराज सुवेदीको घरमा प्रहरी तैनाथ, भेटघाटमा रोक  

काठमाडौं, चैत १६ : राजसंस्था पुनस्थापनाका लागि गठित संयुक्त अनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको घरमा प्रहरी तैनाथ गरिएको छ।

सुवेदीको स्वास्थ्य अवस्थाका कारण पक्राउ नगरिए पनि कोहीसँग पनि भेटघाट गर्न भने दिइएको छैन। 

अहिले सुवेदीको घर परिषरमा प्रहरीले निगरानी राखिरहेको छ। तीनकुनेमा भएको हिंसात्मक आन्दोलन समितिको संयोजक सुवेदी थिए। 

उनको काठमाडौं महानगरपालिका–७ कुमारीगाल स्थित घरमा हतियारसहितका प्रहरी तैनाथ गरिएको हो। राजावादी प्रदर्शनकारीको अराजकताका कारण दुई जनाको ज्यान गएको थियो। 

प्रदर्शनकारीले निजी सम्पत्ति, सरकारी कार्यालय, गाडी, सञ्चारगृहका भवन लगायतमा  तोडफोड, अगजनी र लुटपाट मच्चाएका थिए। 
 

प्रकाशित मिति: १३:३७ बजे, शनिबार, चैत १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्