Kathmandu Press

धवलसमशेर पक्राउको सूचना संसद सचिवालय पुग्यो 

संविधानको धारा १०३ को उपधारा ३ मा उक्त व्यवस्था छ। सोही अनुसार प्रहरीले सांसदलाई पक्राउ गरेको सूचना सभामुख र संसद सचिवालयलाई दिएको हो। 
धवलसमशेर पक्राउको सूचना संसद सचिवालय पुग्यो 

काठमाडौं, चैत १६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवल शम्शेर राणा पक्राउको सूचना संसद सचिवालय पुगेको छ।

सांसद पक्राउको सूचना सभामुखलाई दिनुपर्ने संवैधानिक व्यवस्था छ। 

संविधानको धारा १०३ को उपधारा ३ मा उक्त व्यवस्था छ। सोही अनुसार प्रहरीले सांसदलाई पक्राउ गरेको सूचना सभामुख र संसद सचिवालयलाई दिएको हो। 

अब सभामुख देवराज घिमिरेले नियम अनुसार संसदमा पक्राउको जानकारी दिनेछन्। प्रतिनिधिसभाको बैठक आइतबार बिहान ११ बजे बस्ने छ। 

राजावादीको प्रदर्शनका नाममा भएको हिंसा, तोडफोड र लुटपाटकन गतिविधि गराउन भूमिका खेलेको आरोपमा राणा पक्राउ परेका हुन्।

प्रकाशित मिति: १३:०९ बजे, शनिबार, चैत १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्