Kathmandu Press

भूकम्पपछि म्यानमारमा उद्धार र राहत जारी, मृत्यु हुनेको संख्या ६९४ पुग्यो

भूकम्पपछि उद्धार र राहत प्रयासलाई सहयोग गर्न दक्षिणपश्चिम चीनको युनान प्रान्तबाट ३७ सदस्यीय उद्धार तथा चिकित्सा टोली शनिबार बिहान म्यानमार गएको छ।
भूकम्पपछि म्यानमारमा उद्धार र राहत जारी, मृत्यु हुनेको संख्या ६९४ पुग्यो

म्यानमार, चैत १६ : शुक्रबार देशलाई हल्लाएको ७.७ म्याग्निच्युडको भूकम्पपछि म्यानमारको दोस्रो ठूलो शहर मन्डलेमा उद्धार कार्य जारी छ । भूकम्प प्रभावित अन्य क्षेत्रमा पनि उद्धार जारी छ। 

भूकम्पपछि उद्धार र राहत प्रयासलाई सहयोग गर्न दक्षिणपश्चिम चीनको युनान प्रान्तबाट ३७ सदस्यीय उद्धार तथा चिकित्सा टोली शनिबार बिहान म्यानमार गएको छ।

Hardik ivf

यता, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भूकम्पपछि दक्षिणपूर्वी एसियाली देशहरूमा खाँचोमा परेका मानिसहरूलाई सहयोग गर्न आब्हान गरेका छन्।

म्यानमारको मन्डले क्षेत्रमा शनिबार बिहानसम्म भूकम्पमा परी ६९४ जनाको मृत्यु भएको छ भने १,६७० जना घाइते भएका छन् भने ६८ जना बेपत्ता भएको म्यानमारको राज्य प्रशासन परिषद्को सूचना टोलीले जनाएको छ।

भूकम्पको धक्का चीन, थाइल्याण्ड र लाओसमा पनि महसुस गरिएको थियो। न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा गुटेरेसले भूकम्पबाट प्रभावित मानिसहरूप्रति समवेदना व्यक्त गरे।

गुटेरेसले शक्तिशाली भूकम्पपछि म्यानमार सरकारले अन्तर्राष्ट्रिय सहयोगको लागि आग्रह गरेको बताए। 
 

प्रकाशित मिति: १२:२५ बजे, शनिबार, चैत १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्