Kathmandu Press

गरुडा आगलागी अपडेट : सात घर जले, १३ लाख २० हजारको क्षति

गरुडा नगरपालिका वडा नम्वर ४ स्थित तरकारी बजारमा शुक्रवार विहान ९.४० बजेको समयमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ। 
गरुडा आगलागी अपडेट : सात घर जले, १३ लाख २० हजारको क्षति

रौतहट, चैत १५ : रौतहटको गरुडा तरकारी बजारमा भएको आगलागिमा करिव १३ लाख २० हजार बराबरको क्षति भएको छ।

गरुडा नगरपालिका वडा नम्वर ४ स्थित तरकारी बजारमा शुक्रवार विहान ९.४० बजेको समयमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ। 

Hardik ivf

पसलमा खाना पकाउने क्रममा सल्किएको आगोले सात वटा फुसको घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपककुमार रायले बताए। 

उनका अनुसार गरुडा ८ जिगडियाका शेख कमाउद्दिनले संचालन गरेको मासु पसलमा एक लाख, जयमंगल चौधरीको फुसको खाजा पसलमा दुई लाख, राजेन्द्र साहको फुसको पसल र सुजितकुमार चौधरीको खाजा पसलमा गरी ३ लाख ५० हजार, गरुडा नपा ४ का नेवालाल चौरसियाको किराना पसलमा ३ लाख, कृष्ण दासको कपडा पसलमा ५० हजार र कटहरिया नपा ९ डुमरिया बस्ने सत्येन्द्र ठाकुरको फलामको पसलमा ३ लाख बराबरको क्षति भएको छ। 

गौर नगरपालिकाबाट आएको बारुण यन्त्रको मद्दतबाट आगोलाई नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
 

प्रकाशित मिति: १६:२१ बजे, शुक्रबार, चैत १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्