Kathmandu Press

म्यानमारमा शक्तिशाली भूकम्प

अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाए अनुसार म्यान्मारको सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको हो। त्यस्को केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो। 
म्यानमारमा शक्तिशाली भूकम्प

काठमाडौं, चैत १५ : म्यानमारमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ। ७.७ म्याग्निच्युड मापन गरिएको भूकम्प गएको हो। 

भुकम्पबाट म्यानमार र थाइल्यान्डमा क्षति पुगेको अन्तरराष्ट्रिय समाचार माध्यमले जनाएका छन्। 

Hardik ivf

अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाए अनुसार म्यान्मारको सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको हो। त्यस्को केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो। 

भुकम्पका कारण थाइल्यान्डको बैंककमा निर्माणाधीन ३० तले भवन भत्कँदा ४३ श्रमिक फसेको जनाइएको छ। थाइल्यान्डको राजधानीको उत्तरी भेगमा रहेको उक्त भवन केही सेकेन्डमा भग्नावशेषमा परिणत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

भुकम्पका कारण ठूलो जनधनको क्षति हुनसक्ने आँकलन गरिए पनि विवरण आउन बाँकी छ । 

प्रकाशित मिति: १५:१८ बजे, शुक्रबार, चैत १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्