Kathmandu Press

अश्रुग्यास प्रहारपछि तितरवितर राजावादी 

राजावादी प्रदर्शनकारी निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि पहिले लाठीचार्ज र पछि अश्रुग्यास प्रहार गरेको थियो। 
अश्रुग्यास प्रहारपछि तितरवितर राजावादी 

काठमाडौं, चैत १५ : प्रहरीले अश्रुग्यास र लाठीचार्ज गर्दै तितरबितर पारेका राजावादी प्रदर्शनकारीहरू तीनकुनेमा पुनः एकत्रित हुन थालेका छन्।

राजावादी प्रदर्शनकारी निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि पहिले लाठीचार्ज र पछि अश्रुग्यास प्रहार गरेको थियो। 

प्रहरी हस्तक्षेपपछि प्रदर्शनस्थल केही समय तनावग्रस्त बनेको थियो। प्रहरी अश्रुग्यास प्रहारपछि राजावादी मञ्च छाडेर हिंडेका थिए। यतिबेला राजावादी कार्यक्रमस्थलमा जम्मा हुन थालेका छन्। आन्दोलनका कमान्डर दुर्गा प्रसाईं पनि मञ्चमा आइपुगेका छन्। 

मञ्चमा पुगेर प्रसाईंले नेता र राजवादी समर्थकहरुलाई कार्यक्रम स्थलमा आउन आह्वान गरे। साथै प्रसाईंले संयमित भएर सभा सम्पन्न गर्न आह्वान गरेका छन्। 

साथै, प्रहरीलाई बल प्रयोग नगर्न र प्रहरीमाथि ढुंगामुढा नहान्न अनुरोध गरिरहेका छन् । राजावादीहरुको आक्रोशित समूहले ढुंगामुढा गर्दै तिनकुनेका घरका सिसा फुटाएका छन् ।

प्रकाशित मिति: १४:४७ बजे, शुक्रबार, चैत १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्