Kathmandu Press

सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थागित

आज बिहान ११ बजेका लागि तय भएको बैठक विपक्षी दलहरूले आफ्ना अडान कायमै राखेपछि सूचना टाँस गरेर स्थागित गरिएको हो। 
सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थागित

काठमाडौं, चैत १५ : प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थागित गरिएको छ।

आज बिहान ११ बजेका लागि तय भएको बैठक विपक्षी दलहरूले आफ्ना अडान कायमै राखेपछि सूचना टाँस गरेर स्थागित गरिएको हो। 

अब अर्को बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ। 

‘आज ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ः१५ मा बस्ने तय भए पनि विशेष कारणले स्थगित भएको छ। प्रतिनिधिसभा नियमावली, २०७९ को व्यवस्था बमोजिम सभामुख देवराज घिमिरेले उक्त समय निर्धारण गर्नुभएको हो,’ संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले आज जारी गरेको सूचनामा भनिएको छ।

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुमालन घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने मागसहित विपक्षी दलहरू सदन अवरुद्ध गरिरहेका छन्। 

सदनमा देखिएको गतिरोध अन्त्यका लागि शुक्रबार सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। तर, छलफलमा कुनै निष्कर्ष निस्कन सकेन।

बुधबार र बिहीबारको बैठक पनि स्थागित भएको थियो।


 

प्रकाशित मिति: १४:२० बजे, शुक्रबार, चैत १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्