Kathmandu Press

सर्वोच्चले दिएन कुलमानको पक्षमा अन्तरिम आदेश

प्रारम्भिक सुनुवाइका क्रममा न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले पूर्ववत् पदमा फर्काउन घिसिङले राखेको अन्तरिम आदेशको माग अस्विकार गरेको हो।  
सर्वोच्चले दिएन कुलमानको पक्षमा अन्तरिम आदेश

काठमाडौं, चैत १५ : सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा अल्पकालिन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

प्रारम्भिक सुनुवाइका क्रममा न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले पूर्ववत् पदमा फर्काउन घिसिङले राखेको अन्तरिम आदेशको माग अस्विकार गरेको हो।  

Hardik ivf

घिसिङका कानुन व्यवसायीहरुले नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई काम गर्न रोक लगाउनुपर्ने अन्तरिम आदेश जारी हुनुपर्ने माग गरेका थिए।

न्यायाधीश मुसलमानले इजलासबाट अल्पकालीन अन्तरिम आदेश जारी नहुने भन्दै दुवै पक्षलाई झिकाउने आदेश हुनसक्ने बताए पनि लिखित आदेश भने आउन बाँकी छ। 

खाजा समयपछि नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पेश गरेको निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुनेछ । त्यसपछि मात्र लिखित आदेश आउने भएको छ।  

प्रकाशित मिति: १४:०३ बजे, शुक्रबार, चैत १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्