Kathmandu Press

सदन खुलाउन प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख

सदनमा देखिएको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले अहिले प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्। छलफल नयाँ वानेश्वरस्थित संसद भवनमा जारी छ।
सदन खुलाउन प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख
फाइल तस्बिर।

काठमाडौं, चैत १५ : प्रतिनिधिसभा लागतार तीन दिनदेखि अवरुद्ध छ। 

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुमालन घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने मागसहित विपक्षी दलहरू सदन अवरुद्ध गरिरहेका छन्। 

Hardik ivf

बुधबार र बिहीबारको विपक्षीको अवरोधका कारण चल्न सकेन। शुक्रबार पनि ११ बजेका लागि बैठक बोलाइएको थियो। तर, अझैसम्म बैठक सुरु हुन सकेको छैन। 

सदनमा देखिएको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले अहिले प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्। छलफल नयाँ वानेश्वरस्थित संसद भवनमा जारी छ।

छलफलमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा राना, एमालेका कुख्य सचेतक महेश बर्तौला, कांग्रेसकी सचेतक शुशिला थिङ रहेका छन्। विपक्षी दलहरूको तर्फबाट माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायत उपस्थित रहेका छन्।

प्रकाशित मिति: १२:०७ बजे, शुक्रबार, चैत १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्