Kathmandu Press

पानीजहाज सञ्चालन गर्न गण्डकीमा सम्भाव्यता अध्ययन

नवलपरासी, फागुन २१  : देशका तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने लक्ष्यअनुसार, गण्डकीको सम्भाव्यता अध्ययन गरिएको छ ।

....
पानीजहाज सञ्चालन गर्न गण्डकीमा सम्भाव्यता अध्ययन
रासस

नवलपरासी, फागुन २१  : देशका तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने लक्ष्यअनुसार, गण्डकीको सम्भाव्यता अध्ययन गरिएको छ ।

नेपाल र भारतका उच्चस्तरीय अधिकारी सम्मिलित संयुक्त टोलीले सोमबार नारायणी नदीसहित गण्डक ब्यारेज र गण्डक क्षेत्रअन्तर्गत १२ नं. स्परको सम्भाव्यता अध्ययन गरेको छ । नवलपरासीको गण्डक क्षेत्रसँगै नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको जनाएको छ ।

अध्ययनपश्चात यस क्षेत्रमा पानीजहाज सञ्चालनको सम्भावना उच्च रहेको नेपाली टोलीका संयोजक एवं जल तथा ऊर्जा आयोग सचिवालयका सहसचिव माधव बेलवासे बताए ।

यहाँबाट भारतको गङ्गा नदी पुग्न करीब तीन सय किलोमिटर र त्यसपछि गङ्गा नदीबाट समुद्र सतहसम्म पुग्न करीब आठ सय ४० किलोमिटर गरी यस क्षेत्रबाट कूल एक हजार एक सय ४० किलोमिटरको दूरीमा समुद्र सतह रहेको छ ।

टोली फर्किएपछि यस क्षेत्रमा समेत पानीजहाज सञ्चालन गर्ने सम्भावनाको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने टोलीमा सहभागी वाणिज्य आपूर्ति मन्त्रालयका उपसचिव तर्कराज भट्टले बताए ।

नेपालमा पानीजहाज सञ्चालन गर्ने उद्देश्यले जलयातायातअन्तर्गत पहिलो चरणको प्रक्रियामा शुरु भएको टोलीमा सहभागी जल तथा ऊर्जा आयोगको सचिवालयका सिनियर डिभिजन इञ्जिनीयर महेश्वर श्रेष्ठ बताए ।

पानीजहाजलाई नेपाली भूमिमा कत्रो, कसरी र कुन रूपमा ल्याउन सकिन्छ भनेर अध्ययन गर्ने जिम्मेवारी पाएसँगै नेपाल र भारतको संयुक्त टोलीले ‘फिल्ड’मा अवलोकन गरी फर्किएको हो ।

प्रकाशित मिति: ११:३२ बजे, मंगलबार, फागुन २१, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्