Kathmandu Press

पिएम कपमा १८ खेलपछि टुंगियो पुलिसको अपराजित यात्रा

शनिबार भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा भएको विभागीय डर्बीमा आर्मीले नेपाल पुलिस क्लबमाथि ४ विकेटको जित निकाल्यो।
पिएम कपमा १८ खेलपछि टुंगियो पुलिसको अपराजित यात्रा

रूपन्देही, चैत १४ : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको समूह चरणको अन्तिम विभागीय डर्बीमा त्रिभुनव आर्मी क्लब विजयी भएको छ।

शनिबार भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा भएको विभागीय डर्बीमा आर्मीले नेपाल पुलिस क्लबमाथि ४ विकेटको जित निकाल्यो।

Hardik ivf

पहिला ब्याटिङ गर्दै पुलिसले दिएको १४९ रनको सामान्य लक्ष्य आर्मीले ४१ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। आर्मीको जितमा विवेक यादवले सर्वाधिक ४१ रन बनाउँदा तृतराज दासले २५, इमरान शेखले २३ र  सन्तोष कार्कीले २२ रन बनाए।

बलिङमा पुलिसका ललित राजवंशी पुनः चम्किए। उनले १० ओभरमा २ मेडनसहित ३४ रन मात्र खर्चेर ४ विकेट लिए। जारी प्रतियोगिताका ९ खेलमा उलने कुल ४० विकेट लिएका छन्। यस्तै, दीपेन्द्रसिंह ऐरी र करण केसीले समान १ किवेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको राम्रो ब्याटिङ गर्न सकेन। ऊ ४२.४ ओभरमा १४८ रनमै अलआउट भयो।

उसका लागि कप्तान दीपेन्द्रसिंह उेरीले अर्धशतक बनाए पनि अन्यले गतिलो योगदान दिन सकेनन्। दीपेन्द्रले ३७ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५० रन बनाए। यस्तै, आरिफ सेखले २२, गुल्सन झाले १७ र सागर ढकालले १७ रनको इनिङ खेले।

बलिङमा आर्मीका साहब आलमले ४ विकेट लिए भने नरेन साउदले ३ विकेट लिए।

योसँगै पुलिसको अपराजित यात्रा १८ खेलपछि टुंगिएको छ। उसले अघिल्लो सिजन अपाजित रहँदै उपाधि जितेको थियो।

प्रकाशित मिति: १९:५४ बजे, बिहीबार, चैत १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्