खेर गयाे इशानको शतक, बागमती मधेशसँग पराजित
इशानले शतक प्रहार गरे पनि उनको टिम बागमती प्रदेश भने मधेश प्रदेशसँग ४ विकेटले पराजित भयो।
रूपन्देही, चैत १४ : लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा इशान पाण्डेले शतक प्रहार गरेका छन्। इशानले शतक प्रहार गरे पनि उनको टिम बागमती प्रदेश भने मधेश प्रदेशसँग ४ विकेटले पराजित भयो।
सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा बागमतीले दिएको २६० रनको ठूलो लक्ष्य मधेशले ४६.१ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो। उसका लागि कप्तान अनिल साहले कप्तानी पारी खेले। पहिलो पटक मध्यक्रममा ब्याटिङका लागि आएका अनिलले ५३ बलमा ७ चौका र २ छक्का मद्दतमा नटआउट ७० रन बनाए।
यस्तै, रोहत बिकले ३९, हरिशंकर साहले ३३, पवन सर्राफले ३१ र रुपेश सिंहले २५ रन बनाए।
बलिङमा बागमतीका सूर्य तामाङले २ विकेट लिादा रिजन ढकाल, गौतम केसी, विपिन आचार्य र इशान पाण्डेले समान १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको बागमतीले इशानको शतक मद्दतमा ८ विकेटको क्षतिमा २५९ रन बनाएको थियो। ओपनिङमा आएका इशानले १२७ बलमा १४ चौका मद्दतमा ११४ रन बनाए। यस्तै, रिजन ढकाल र विवेक मगरले समान ३० रन बनाउँदा विपिनले २७ र शुभ कंशकारले २० रन बनाए।
बलिङमा मधेशका हरिशंक साह, पवन सर्राफ र अनिल साहले समान २ विकेट लिए।
यो जितपछि पनि मधेशको शीर्ष चारमा रहँदै जय ट्रफीका लागि छनाेट हुन असफल भयाे। ९ खेलमा चौथो जित निकालेको ऊ ८ अंकसहित सातौं स्थानमा रह्याे। यता, समान ८ अंक नै जाडेकाे बागमतीले भने लातगार दाेस्राे पटक जय ट्रफीमा स्थान बनाएकाे छ। उ रनरेटमा मधेससँगै लुम्बिनी र कर्णालीभन्दा अघि रह्याे।