Kathmandu Press

स्थगित भयो संसद बैठक, अर्को बैठक भोलि ११ बजे

विपक्षी दलहरू कुलमान घिसिङको बर्खास्तीको विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान कायमै राखेपछि संसद सचिवालयले सूचना टाँस गरेर बैठक स्थगित गरेको हो।
स्थगित भयो संसद बैठक, अर्को बैठक भोलि ११ बजे

काठमाडौं, चैत १४ : बिहीबार बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ। 

विपक्षी दलहरू कुलमान घिसिङको बर्खास्तीको विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान कायमै राखेपछि संसद सचिवालयले सूचना टाँस गरेर बैठक स्थगित गरेको हो।

Hardik ivf

बिहान ११ बजेका लागि तय भएको बैठक विपक्षी दलहरुको अडानपछि दिउँसो २ बजेका लागि सारिएको थियो। 

त्यसबीचमा सभामुख देवराज घिमिरले सदनको गतिरोध अन्त्यका लागि पहल गरेका थिए। उनले प्रमुख दलका प्रमुख सचेतकहरूसँग आफ्नै कार्यकक्षमा छलफल पनि गरेका थिए। 

तर, त्यहाँ पनि विपक्षी दलहरूले आफ्नो अडान कायमै राखेपछि सहमति हुन सकेको थिए। 

त्यसपछि संसद सचिवालयले सूचना टाँस गरेर भोलि बिहान ११ बजे बस्ने बैठक स्थगित गरेकाे हाे।

प्रकाशित मिति: १६:१० बजे, बिहीबार, चैत १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्