प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूलाई दोहोरो सुविधा विवादमा सर्वोच्चले माग्यो जवाफ
सर्वोच्चले प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुलाई ललितपुरको भैँसेपाटीमा आवास सुविधा दिनुको आधार र कारण खुलाउन आदेशमा भनेको छ। अधिवक्ता चन्द्रप्रसाद भुसालले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
काठमाडौं, चैत १४ : प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूलाई दोहोरो सुविधा दिएको दाबीसहित दायर भएको एक रिटमा सर्वोच्च अदालतले सरकारलाई लिखितजवाफ पेश गर्न आदेश दिँदै चैत २४ गतेका लागि छलफलमा डाकेको छ।
सर्वोच्चले प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुलाई ललितपुरको भैँसेपाटीमा आवास सुविधा दिनुको आधार र कारण खुलाउन आदेशमा भनेको छ। अधिवक्ता चन्द्रप्रसाद भुसालले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
उक्त रिटमा सुनुवाइपछि सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सरकारलाई लिखित जवाफ पेश गर्न आदेश दिँदै २४ गतेका लागि छलफलमा बोलाएको हो।
प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूलाई दिएको सुविधा रोक्ने वा नरोक्ने विषयमा अन्तरिम आदेशका लागि छलफल गर्न पक्ष विपक्षलाई सर्वोच्चमा डाकिएको हो।
प्रकाशित मिति: १६:१२ बजे, बिहीबार, चैत १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
