Kathmandu Press

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट सर्वोच्चमा दर्ता

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बुधबार पेश गरेको रिट निवेदन आज सर्वोच्च अदालतमा दर्ता भएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट सर्वोच्चमा दर्ता

काठमाडौं, चैत १४ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बुधबार पेश गरेको रिट निवेदन आज सर्वोच्च अदालतमा दर्ता भएको छ।

शाक्यले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको कार्यकाल बाँकी नै नभएको दाबी रिटमा गरेका छन्। 

Hardik ivf

शाक्यलाई तत्कालीन सरकारले २५ साउन २०७८ मा प्राधिकरणको कार्यकारी निर्देशक रहेका शाक्यलाई जल तथा ऊर्जा आयोगमा काजमा लगेर उक्त स्थानमा कुलमान घिसिङलाई नियुक्त गरेको थियो। उक्त रिटमा सर्वोच्चबाट चार वर्षसम्म फैसला आउन सकेको छैन।

उनले आफ्नो कार्यकाल बाँकी रहेकै बेला घिसिङको नियुक्ति भएको भन्दै वैधानिकताको प्रश्न उठाएका छन्। आफ्नो ठाउँमा अरु कसैले नियुक्ति पाएको भए घिसिङले कार्यकालको प्रश्न उठाउनु स्वभाविक हुने भए पनि आफु नै नियुक्त भएर आएकाले कानुनी प्रश्न उठाउन नमिल्ने तर्क उनको छ। 

आफूलाई तत्कालीन सरकारले बर्खास्त गरेको नभई सरुवा गरेको र त्यो आफूले अस्वीकार गरिसकेको अवस्थामा प्राधिकरणबाट त्यस अवधिमा पाउनुपर्ने सेवा सुविधा समेत दिलाई पाउन शाक्ले माग गरेका छन्। 

यता प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरिएका घिसिङले पनि पुनर्वहालीको माग राखेर सर्वोच्चमा रिट दिएका छन्। घिसिङ र शाक्य दुवैको रिटमाथि शुक्रवार एकसाथ हुनुवाइ हुने भएको छ। 

प्रकाशित मिति: १६:०४ बजे, बिहीबार, चैत १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्