Kathmandu Press

राजावादी आन्दोलनको नेतृत्व दुर्गा प्रसाईंले गर्ने

समितिका संयोजक नवराज सुवेदीले प्रसाईंलाई आन्दोलनको कमाण्डरको जिम्मेवारी दिइएको बताए।
राजावादी आन्दोलनको नेतृत्व दुर्गा प्रसाईंले गर्ने
फाइल तस्बिर।

काठमाडौं, चैत १४ : राजावादीहरूले गर्ने भनेको आन्दोलनको नेतृत्व दुर्गा प्रसाईंले गर्र्ने भएका छन्। संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रसाईंलाई कमाण्डरको जिम्मेवारी दिइएको हो।  

समितिका संयोजक नवराज सुवेदीले प्रसाईंलाई आन्दोलनको कमाण्डरको जिम्मेवारी दिइएको बताए।

प्रसाईंकै नेतृत्वमा भोलि राजावादीहरूले काठमाडौंमा प्रदर्शन गर्दैछन्। उनीहरूले तीनकुनेमा प्रदर्शन गर्ने छन्। त्यसका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिइसकेको छ। 

संयोजक नवराज सुवेदीले सहभागी भएर आन्दोलनलाई सफल बनाउन अपिल गरेका छन्। 

भोलि नै समाजवादी मोर्चाले पनि काठमाडौंको भृकुटिमण्डपमा प्रदर्शन गर्दैछ।

प्रकाशित मिति: १५:५८ बजे, बिहीबार, चैत १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्