Kathmandu Press

सदनमा विपक्षीको अवरोध बारे ओली– नचाहिएको विषयमा अत्तो थापियो

उनले चैत १८ गतेभित्र जारी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक पारित गर्ने गरी तयारी भइरहेको अवस्थामा त्यसलाई प्रभावित पार्ने गरी सदन अवरुद्ध गर्न लागेकामा चिन्ता व्यक्त गरे। 
सदनमा विपक्षीको अवरोध बारे ओली– नचाहिएको विषयमा अत्तो थापियो

ललितपुर, चैत १४ : प्रधानमन्त्री केपी ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको बताए। 

महिला उद्यमी महासंघको आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गैह्रविषयलाई मुद्दा बनाएर एक निकायको कर्मचारी हेरफेरको सवालमा सदन अवरुद्ध गर्न नहुने बताए।

Hardik ivf

उनले चैत १८ गतेभित्र जारी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक पारित गर्ने गरी तयारी भइरहेको अवस्थामा त्यसलाई प्रभावित पार्ने गरी सदन अवरुद्ध गर्न लागेकामा चिन्ता व्यक्त गरे। 

‘वषौंसम्म त्यही निकायमा काम गरेको सक्षम मान्छेलाई जिम्मेवारी दिइँदा प्रशंसा गर्नुपर्नेमा त्यो नगरी प्रशंसा नगर्नुपर्नेलाई झुठा प्रशंसा गरिएको छ। गाली नगर्नुपर्नेलाई गाली गरिएको छ,’ उनले भने, ‘आन्दोलनका नाममा के–के हुँदैछ भनेर आतङ्क सृजना गर्न खोजिएको छ। चैत १५ गते काठमाडौंका दुई स्थानमा हुने भनिएको जुलुस र सभा हुन्छ, सकिन्छ। हुने त्यत्ति हो। यसलाई तिललाई पहाड बनाउनुपर्ने केही छैन,’ उनले भने। 

औपनिवेसिक र सामन्तवादी स्थितिले सिंगै नेपाली समाज पछाडि परेको र त्यसमा पनि महिलाहरुलाई झन् पछाडि पारिएको स्थितिमा संघर्ष र बलिदानको परिणामबाट समाज परिवर्तन र विकासको यात्रामा अघि बढेको ओलीले बताए। 

पञ्चायती शासनकालमा निकै पछाडि परेको मुलुक अहिले चौतर्फी विकासको क्रममा अघि बढेको र खासगरी आफूले सरकारको नेतृत्व गरेका समयमा ठूला र रणनीतिक महत्वका आयोजना अघि बढेकाले निराश हुनुपर्ने अवस्था नरहेको उनले स्पष्ट पारे।

प्रकाशित मिति: १४:४४ बजे, बिहीबार, चैत १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्