Kathmandu Press

नवौं भक्तपुर महोत्सव चैत २८ देखि वैशाख ७ सम्म

महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, भाडाकुडाको साथै बिभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्रीहरू राखिने अध्यक्ष महतले बताए। 
नवौं भक्तपुर महोत्सव चैत २८ देखि वैशाख ७ सम्म

काठमाडौं, चैत १४ : ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै नयाँ वर्ष २०८२ र प्रसिद्ध विस्काः जात्राको अवसरमा भक्तपुरमा महोत्सव हुने भएको छ। 

भक्तपुरको सल्लाघारीको तीनकुनेस्थित चौरमा हुने नवौं भक्तपुर महोत्सव चैत २८ गतेदेखि वैशाख ७ गतेसम्म महोत्सव संचालन हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१–०८२ भक्तपुरमा ११ दिनसम्म संचालन हुने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए।

Hardik ivf

महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, भाडाकुडाको साथै बिभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्रीहरू राखिने अध्यक्ष महतले बताए। 

औद्योगिक उत्पादनको प्रर्दशनी, सूचना तथा बिज्ञान प्रबिधिको प्रर्दशनी, अटो मोवाइल प्रर्दशनी, आधुनिक कृषि औजार प्रर्दशनी तथा विक्री हुनेछ । मोवाईल तथा ईलेक्ट्रोनिक्स सामानको व्यापार तथा प्रर्दशनी एवं बिक्रीका लागि स्टलहरु रहनेछ। 

महोत्सवका संयोजक दीपक थापाका अनुसार महोत्सव स्थलमा स्थानिय हस्तकला, कृषि उत्पादनलाई समेत समावेश गर्ने तयारी आयोजको रहेको छ। 

महोत्सवमा साना बालबालिकाहरुकोलागि बाल उद्यान, ड्रागन ब्रेक डान्स, नाउ तथा विभिन्न प्रकारका बच्चाको खेलौना स्थलहरु साथमा रोटे पिङ्ग, रेनजर, मारुती सर्कस समेत संचालन हुने उनले जानकारी दिए।

पर्यटकीय गतिविधि, स्थानिय खाना महोत्सवका साथै दैनिक रुपमा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति पनि रहने छ। 

मेलामा बिक्री गरिने सामानहरूमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था छ भने महोत्सवमा १ सय ५० स्टल रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो।

महोत्सव अवलोकनका लागि ५० र ८० रुपैयाँ प्रवेश शुल्कको तय गरिएको छ। त्यसमा विद्यार्थी ५० प्रतिशत र जेष्ठ नागरिकलाई सतप्रतिशत छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ। 

प्रकाशित मिति: १३:५९ बजे, बिहीबार, चैत १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्