Kathmandu Press

प्रतिनिधिसभा बैठक स्थगित, आजै २ बजे बस्ने

विपक्षी दलहरूले बैठकमा अवरोध कायमै राख्ने अडान लिएपछि आज बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो।
प्रतिनिधिसभा बैठक स्थगित, आजै २ बजे बस्ने

काठमाडौं, चैत १४ : प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ।

विपक्षी दलहरूले बैठकमा अवरोध कायमै राख्ने अडान लिएपछि आज बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो।

संसद सचिवालयले प्रतिनिधिसभा बैठक आजै दिउँसो २ बजेका लागि बोलाएको छ। 

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी ओलीले संसदमा आएर जवाफ दिनुपर्ने मागसहित विपक्षी दलहरूले सदन अवरुद्ध गर्दै आएका छन्। 

बुधबारको बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेका थिए। उनीहरुले आज पनि सोही अडान कायम राखेका छन्।

यता, सभामुख देवराज घिमिरेले सदन खुलाउन प्रयास गरिरहेका छन्। सोही अनुसार उनले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। तर, त्यसमा सहमति जुट्न सकेको थिएन्। 

प्रकाशित मिति: १३:३४ बजे, बिहीबार, चैत १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्