Kathmandu Press

‘शान्ति प्रक्रिया हामीले सुरु गरेका हौं, टुंगोमा पुर्‍याउँछौं’

‘वास्तवमा हामी मिल्यौं भने यसलाई टुङ्ग्याउन नसक्ने कुरा छैन् । पीडितलाई न्याय दिन नसकिने भन्ने छैन् । सकिन्छ, सक्नुपर्छ र हामी सक्छौं पनि । प्रधानमन्त्रीको हैसियतले यो भन्न चाहन्छु,’ उनले भने। 
‘शान्ति प्रक्रिया हामीले सुरु गरेका हौं, टुंगोमा पुर्‍याउँछौं’

काठमाडौं, चैत १४ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्ति प्रक्रिया आफैँले सुरू गरेको दाबी गरेका छन्। 

बिहीबार काठमाडौंमा आयोजित नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले शान्ति प्रक्रिया आफैँले सुरू गरेको भएपनि आफू श्रेयको भोको नरहेको बताए। 

‘नेपालमा शान्ति प्रक्रिया आफैँले सुरू गरेका छौं । आफैंले गरेर अगाडि बढाएका हौं। कसले श्रेय लिने हो भन्ने कुरा छाडौं। म यसलाई सफलमात्रै पार्न चाहन्छु,’ उनले भने, ‘श्रेय जति मबाहेक सबैलाई दिन चाहन्छ । मलाई श्रेयको भोक छैन। श्रेय चाहिएन सफल पारौं। पीडितका घाउमा मल्हम लगाउँ, उहाँहरुको आँशु पुसौं।’

Hardik ivf

प्रधानमन्त्री ओलीले ठूला तीन दल मिल्ने हो भने शान्ति प्रक्रियालाई टुङ्गो लगाउन सकिने पनि धारणा राखे। 

‘वास्तवमा हामी मिल्यौं भने यसलाई टुङ्ग्याउन नसक्ने कुरा छैन् । पीडितलाई न्याय दिन नसकिने भन्ने छैन् । सकिन्छ, सक्नुपर्छ र हामी सक्छौं पनि । प्रधानमन्त्रीको हैसियतले यो भन्न चाहन्छु,’ उनले भने। 

विगतमा बेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति बनाए पनि असफल भएको भन्दै उनले त्यसमा दुःख व्यक्त गरे ।

‘यसपल्ट आयोग जुन निर्मित हुनेछन् सफल हुनेछन् मैले विश्वास लिएको छु। दुईदुईवटा छनोट समिति बनायौं सफल भएनन् । किन सफल भएनन् बेग्लै कुरा होला । तर हामी आफैंले बनाएका छनोट समितिलाई असफल बन्न दिनु हुँदैन,’ उनले भने।

मर्म मिल्ने र क्षमतावान व्यक्तिहरुलाई ती आयोगहरुमा नियुक्त हुनुपर्ने भन्दै उनले त्यसलाई पूर्ण सहयोग गर्ने बचन दिए ।


 

प्रकाशित मिति: १२:४७ बजे, बिहीबार, चैत १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्