Kathmandu Press

सदनको अवरोध खुलान सभामुखको प्रयास

सदन खुलाउने प्रयास स्वरुप सभामुख घिमिरेले अहिले प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।
सदनको अवरोध खुलान सभामुखको प्रयास

काठमाडौं, चैत १४ : बुधबारदेखि विपक्षी दलहरू सदन अवरोध गरेका छन्। 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री केपी ओलीले जवाफ दिनु पर्ने मागसहित विपक्षी दलहरूले बुधबारको प्रतिनिधिसभा बैठकमा अवरोध गरेका थिए। 

Hardik ivf

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादीसहितका दलहरू आफ्नो अडान कायमै राख्दै आज पनि सदन चल्न नदिने बताएका छन्।

विपक्षी दलहरूको अडानबीच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको जारी अवरोध खुलाउने प्रयास गरिरहेका छन्।

सदन खुलाउने प्रयास स्वरुप सभामुख घिमिरेले अहिले प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्। विपक्षी दलहरूले प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने अडान कायमै राखेका छन्। 

छलफल चलिरहेकाले आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैकक अहिलेसम्म सुरु भएको छैन। 

प्रकाशित मिति: ११:४७ बजे, बिहीबार, चैत १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्